• २०८१ बैशाख १२ बुधबार

पाइलटको सावधानीले सीता एयरको विमान दुर्घटनाबाट जोगियो

kharibot

फाइल तस्बीर

काठमाडौं । बुधबार सीता एयरको ९-एन-एजेएच कलसाइन जहाज इन्जिन फेल हुँदा पनि सुरक्षित अवतरण गर्न सफल भएको छ ।

लुक्लाबाट तीनजना चालकदल सहित आएको जहाज टेकअफ गरिएको तीन मिनेटमा इन्जिनमा समस्या आएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।

'यो डबल इन्जिन जहाज हो । जहाज टेकअफ भएको तीन मिनेटमा एउटा इन्जिनमा समस्या आएको थियो । पाइलटले यो जहाज सकुशल काठमाडौं अवतरण गरिसकेका छन् ।' उनले भने,'सीता एयरको डोर्नियर लुक्लाबाट विहान ८:२१ बजे टेक अफ भएको थियो । ८:२४ मिनेटमा जहाजको एउटा इन्जिन समस्या आएको रिपोर्ट आएको थियो। चालकले विहानत ८:५० मा सावधानीपूर्वक काठमाडौं अवतरण गरिसकेका छन्।'

१९ सीट क्षमता रहेको यो डिर्नियर जहाज क्याप्टेन भरत थापा र क्याप्टेन प्रदीप अधिकारीले उडान गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै