• २०८१ बैशाख १४ शुक्रबार

पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

kharibot

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गरेका छन् । उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिएका छन् ।

मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उनले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताए । 

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए । उनले बजेट अभावमा  गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताए ।  देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उनले माग गरे । 

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गरेका थिए । उनले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै