• २०८१ बैशाख १३ बिहीबार

विश्वकप फुटबल छनौटमा आज नेपालले कुवेतको सामना गर्दै 

kharibot

काठमाडौं । विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ ।

फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो ।

विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । दुई देशविच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी हुँदा एक खेल बराबरीमा साकिएको छ ।
यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।

कुवेतविरुद्ध खेल्ने नेपाली खेलाडीमा गोलकिपर किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

विश्वकप छनोटमा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै