• २०८१ बैशाख १३ बिहीबार

राशिद खान बने कम उमेरका टेस्ट कप्तान, बन्यो यस्तो रेकर्ड

kharibot

काठमाडौँ । बंगलादेशविरुद्धको एक मात्र टेस्ट खेल आजदेखि शुरु भएसँगै  अफगानिस्तानका नयाँ कप्तान राशिद खानले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् ।

टेस्ट च्याम्पियनसिप अन्तर्गतको यो खेल बंगालदेशमा आज देखि शुरु भएको हो । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

यो सँगै राशिद खान टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्म कै कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका हुन् । राशिदले २० बर्ष ३५० दिनमा टेस्ट क्रिकेटमा अफगानिस्तानको नेतृत्व गरेका छन् । केहि महिना अघि सकिएको क्रिकेट विश्वकपमा खराब प्रदर्शन पछि तत्कालिन कप्तान गुलबदीन नैबलाई हटाएर राशिदलाई तिनै फर्म्याटको कप्तान बनाइएको थियो ।

राशिदले यस अघि २० बर्ष ३५८ दिनको दिन कप्तान बनेका जिम्बाबेका ततेन्द्र टाइबूको रेकर्ड तोडेका हुन् । टाइबूले सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्बाब्बेको कप्तानी गर्दै यस्तो रेकर्ड बनाएका थिए ।

टेस्ट क्रिकेटमा राशिद र टाइबूपछि कम उमेरमा कप्तानी गर्नेमा भारतका नबाब पतौदी २१ बर्ष ७७ दिन, पाकिस्तानका वकार युनिस २२ बर्ष १५ दिन, दक्षिण अफ्रीकाका ग्रेम स्मिथ २२ बर्ष ८२ दिन र बंगलादेशका शकिब अल हसनले २२ बर्ष ११५ दिनमा टेस्ट टिमको कप्तानी गरेका थिए ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै