• २०८१ बैशाख १३ बिहीबार

अन्डर-१९ एशिया कप : अफगानिस्तानसँग पाकिस्तानको लज्जास्पद हार  

kharibot

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।

पहिलो दिन सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

बर्षाले प्रभावित हुदा ४६ ओभरमा घटाइएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई १६३ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानले दिएको १६३ रनको लक्ष्य पछाएको पाकिस्तान १९.४ ओभरमा ७८ रन बनाउदा अल आउट भएपछि अफगानिस्तान ८४ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि इरफान खानले १९ र रोहैल नाजिरले १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

अफगानिस्तानका बलर शाफिक्वाल्लाह घफारीले ३ विकेट लिए भने फजाल हक, अबिदुल्लाह तनिवाल र नूर अहमदले २-२ विकेट लिए । त्यस्तै जम्सिद खानले एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४६ ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि सेडीक्वाल्लाह अटलले सर्वाधिक २९ रन बनाए भने रह्मनुल्लाहले २७, फरहान जाखिलले १९, जम्शिद खान र नूर अहमदले १७-१७ रन बनाए ।

पाकिस्तानका बलर आमिर अली र फहाद मुनिरले ३-३ विकेट लिए भने अब्बास अफ्रिदीले २ तथा नसीम शाहले एक विकेट लिए ।

यस्तै समुह ए मा रहेको पाकिस्तानले अब अर्को खेल शनिबार भारतविरुद्ध खेल्ने छ भने अफगानिस्तानले सोमबार भारतविरुद्ध खेल्ने छ । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

त्यस्तै समुह बि मा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले भने आफ्नो पहिलो खेल भोलि आयोजक श्रीलंकाविरुद्ध खेल्ने छ ।

दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २-२ टिम सेमीफाइनल प्रवेश गर्ने छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै