अन्डर-१९ एशिया कपमा भारतको विजयी सुरुवात 

खरीबोट

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगितामा समुह ए मा रहेको भारतले विजयी सुरुवात गरेको छ ।

बर्षाले प्रभावित हुदा २३-२३ ओभरमा झारिएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।

कुवेतले दिएको १११ रन पछाएको भारतले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि अर्जुन आजदले अविजित ६० रन बनाए भने नेहल वाधेराले १८, सुभेद पारकरले १४, ध्रुव जुरेलले १२ तथा शास्वत रावतले ५ रन बनाए ।

कुवेतका बलर अब्दुल सदिक, फाएज कुरेसी र आमिर अलीले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २३ ओभरमा ७ विकेट गुमाउदै ११० रन बनाएको थियो ।

कुवेतका लागि मीत भाभ्सरले २८ रन बनाए भने गोकुल कुमारले २५ रन बनाए । त्यस्तै अब्दुल रहमानले १५ र उमेर अब्दुल्लाहएल १० रन बनाएका थिए ।

भारतीय बलर पुर्नायक त्यागि र आकास सिंहले ३-३ विकेट लिए भने विद्याधर पाटिलले एक विकेट लिए ।    

अब समुह ए अन्तर्गत भारतले अर्को खेल शनिबार पाकिस्तानविरुद्ध खेल्ने छ । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

त्यस्तै समुह बि मा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले भने आफ्नो पहिलो खेल भोलि शुक्रबार आयोजक श्रीलंकाविरुद्ध खेल्ने छ ।

दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २-२ टिम सेमीफाइनल प्रवेश गर्ने छन् ।    
 

सम्बन्धित समाचार

अन्डर-१९ एशिया कप : युएईविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै 

काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल युएईसँग खेल्दै छ । आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै छ । प्रतियोगिताबाट बाहिरिएका दुवै

अन्डर-१९ एशिया कप : बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै  

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल टेस्ट खेल्ने राष्ट्र बंगलादेशसँग खेल्दै छ । कोलम्वोस्थित प्रेमादासा स्टेडियममा हुने यस खेलमा नेपालले टस

भारत र अफगानिस्तान अन्डर-१९ एशिया कपको सेमिफाइनलमा 

काठमाडौँ । अन्डर १९ एशिया कप अन्तर्गत समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् । आज भएको दोस्रो खेलमा भारत र अफगानिस्तान आ-आफ्नो खेलमा विजयी भएपछि दुवै २-२ खेलमा

अन्डर-१९ एशिया कप : नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै 

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज आयोजक श्रीलंकाविरुद्ध खेल्दै छ । कोलम्वोस्थित प्रेमादासा स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला


z