काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगितामा समुह ए मा रहेको भारतले विजयी सुरुवात गरेको छ ।
बर्षाले प्रभावित हुदा २३-२३ ओभरमा झारिएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।
कुवेतले दिएको १११ रन पछाएको भारतले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि अर्जुन आजदले अविजित ६० रन बनाए भने नेहल वाधेराले १८, सुभेद पारकरले १४, ध्रुव जुरेलले १२ तथा शास्वत रावतले ५ रन बनाए ।
कुवेतका बलर अब्दुल सदिक, फाएज कुरेसी र आमिर अलीले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २३ ओभरमा ७ विकेट गुमाउदै ११० रन बनाएको थियो ।
कुवेतका लागि मीत भाभ्सरले २८ रन बनाए भने गोकुल कुमारले २५ रन बनाए । त्यस्तै अब्दुल रहमानले १५ र उमेर अब्दुल्लाहएल १० रन बनाएका थिए ।
भारतीय बलर पुर्नायक त्यागि र आकास सिंहले ३-३ विकेट लिए भने विद्याधर पाटिलले एक विकेट लिए ।
अब समुह ए अन्तर्गत भारतले अर्को खेल शनिबार पाकिस्तानविरुद्ध खेल्ने छ । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
त्यस्तै समुह बि मा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले भने आफ्नो पहिलो खेल भोलि शुक्रबार आयोजक श्रीलंकाविरुद्ध खेल्ने छ ।
दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २-२ टिम सेमीफाइनल प्रवेश गर्ने छन् ।