सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

खरीबोट

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । 

कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ ।

यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा नकुहिने फोहर जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहर उठाएको कम्पनीका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । उनले यही सेप्टेम्बर महीनाभित्र थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर जम्मा गर्ने र ‘एयरलिफ्ट’ गरेर काठमाडौँ ल्याउने योजना रहेको बताए ।

पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्न भएका नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को शुरुआत १७ मार्च २०१८ बाट भएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण एसडिजी १५ र जलवायु परिवर्तन एसडिजी १३ सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एयरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट १०० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने लक्ष्य लिएको थियो ।

सगरमाथा सफाइ अभियानका साझेदार संस्थाको सहकार्यमा खुम्बु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहर सङ्कलन गर्नेछन् । यसरी सङ्कलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौँ ल्याइने जनाइएको छ ।

सङ्कलन गरिएका फोहरमा बियरका बोतल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् । यी वस्तुलाई ‘रिसाइकल’ गरी धातुका भाँडाकुँडा र निर्माण सामग्रीमा परिणत गरिने गरिएको छ ।

सम्बन्धित समाचार

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला

राष्ट्रसङ्घका महासचिव गुटरेसलाई सगरमाथा संवादमा भागलिन निमन्त्रणा

न्यूयोर्क । सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसङ्घको ७४औँ महासभा

बाह्रखरी मिडियाले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भ्रमण बर्ष नेपाल २०२० को सहकार्यमा गर्न लागिएको हो ।  दुई चरणमा हुने

सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

काठमाडौं । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक,


z