• २०८१ बैशाख ७ शुक्रबार

अन्डर-१९ एशिया कप : नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज आयोजक श्रीलंकाविरुद्ध खेल्दै छ ।

कोलम्वोस्थित प्रेमादासा स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

नेपालको प्लेइङ एघार : रोहितकुमार पौडेल (कप्तान), रीत गौतम, पवन सराफ, महमद आसिफ शेख, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल र सुर्य तामाङ ।

आजै समुह बि कै बंगलादेश र युएईबीच पनि खेल हुदै छ ।

लाइभ स्कोर यंहा हेर्नुहोस 

विहिबारदेखि भाद्र २८ सम्म (सेप्टेम्बर ५ देखि १४ ) हुने यस एसीसी अन्डर १९ एशिया कपमा नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेको छ भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन् । ५० ओभर फर्म्याटमा हुने यस प्रतियोगितामा भाग लिएका ८ देशलाई दुई समुहमा बिभाजन गरिएको छ । 

खेल तालिका :

नेपालको समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेका छन् । यस्तै समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २-२ टिम सेमीफाइनल प्रवेश गर्ने छन् ।
नेपालले आयोजक श्रीलंकासँग भाद्र २० (सेप्टेम्बर ६) मा खेल्ने छ भने दोश्रो खेल बंगलादेशसँग भाद्र २२ (सेप्टेम्बर ८) मा तथा तेश्रो खेल युएईसँग भाद्र २४ (सेप्टेम्बर १० ) मा खेल्ने तालिका रहेको छ ।

भाद्र १९ (सेप्टेम्बर ५) : भारत भर्सेज कुवेत
    : अफगानिस्तान भर्सेज पाकिस्तान
भाद्र २० (सेप्टेम्बर ६) : श्रीलंका भर्सेज नेपाल 
    : बंगलादेश भर्सेज युएई 
भाद्र २१ (सेप्टेम्बर ७) : भारत भर्सेज पाकिस्तान 
    : अफगानिस्तान भर्सेज कुवेत 
भाद्र २२ (सेप्टेम्बर ८) : श्रीलंका भर्सेज युएई 
        : बंगलादेश भर्सेज नेपाल 
भाद्र २३ (सेप्टेम्बर ९) : भारत भर्सेज अफगानिस्तान 
         : पाकिस्तान भर्सेज कुवेत 
भाद्र २४ (सेप्टेम्बर १०) : श्रीलंका भर्सेज बंगलादेश 
         : युएई भर्सेज नेपाल 
भाद्र २६ (सेप्टेम्बर १२ ) : सेमिफाइनल
भाद्र २८ (सेप्टेम्बर १४) : फाइनल    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै