बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

खरीबोट

जलेश्वर । बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । 

सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।

तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।

पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए ।

छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।  
 

सम्बन्धित समाचार

बलात्कार र हत्या मुद्दाका फरार पक्राउ

लहान । एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा

भारतको उन्नावमा जिउदै जलाइएकी बलात्कार पिडित महिलाको मृत्यु 

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश उन्नावमा बलात्कार पिडित एक महिलालाई अपराधीले जिउदै जलाएर घाइते भएकी पिडित महिलाको उपचारको क्रममा निधन बह्येको छ । भारतीय मिडियाका अनुसार दिल्लीको सफ्तरजंग अस्पतालमा गएराती

भारतमा डाक्टरको बलात्कारपछि हत्या गर्ने चार अभियुक्त इन्काउन्टरमा मारिए

नयाँ दिल्ली । भारतको हैदरावादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगो लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरी हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु

भारतमा बलात्कार पिडितलाई जिउदै जलाइयो

नयाँ दिल्ली । भारतमा हैदरावादमा एक डाक्टरको बलात्कारपछि हत्या गरेको प्रकरण बहसमा रहेका बेला फेरी उत्तर प्रदेश उन्नावमा रेप पिडित एक महिलालाई अपराधीले जिउदै जलाइ दिएका छन् । उनी लखनऊको


z