काठमाडौँ । अर्जेन्टिना र चिल्लीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
आज भएको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् ।
आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाको आक्रमण पाउलो डिबाला र लाउटारो मार्टीनेजले सम्हालेका थिए ।
यस खेलमा अर्जेन्टिनाका मेसीसहित सर्जियो अग्युरो र एन्जेल डि मारियासमेत खेलेका थिएनन् । मेसीलाई कोपा फेडेरेशनले प्रतिबन्ध लगाएकाले टिममा छैनन् ।
यस खेलमा २२ बर्षिय लाउटारो मार्टीनेजले प्रभावशाली खेल खेलेका थिए ।
अर्जेन्टिनाले अब आगामी मंगलबार मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्दै छ भने चिलीले होंडूरससँग खेल्दै छ ।