नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य 

खरीबोट

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रन बनाएको हो ।

नेपालका लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेलेका थिए । उनले ७३ बलमा चार चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । रितले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

नेपालले आफ्नो इनिंगमा सुरुवातका दुई विकेट छिटो गुमाएको थियो । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ ४ रनमा आउट भएका थिए । 

त्यस्तै कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने रशिद खानले अविजित १५ रन बनाएका थिए । त्यस्तै हरिबहादुर चौहानले १२, भिम सार्कीले १, कुशल मल्लले २, कमल ऐरीले २ तथा सगर ढकालले १ रन बनाएका थिए ।

श्रीलंकाका बलर दिलसान मधुशंक र नवोद दिनुस्रीले ३-३ विकेट लिए भने रोहण सिल्भा र अशियन डेनियलले एक एक विकेट लिएका थिए ।

अब केहीबेरमा श्रीलंकाले जवाफी ब्याटिंग गर्दै छ ।   

नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुदैछ । यस खेलमा युएई १२७ रन बनाएर अल आउट भएको छ ।

सम्बन्धित समाचार

भारतले जित्यो अन्डर १९ एशिया कपको उपाधि

काठमाडौं ।  अन्डर १९ एशिया कपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौ पटक उपाधि जितेको हो । भारतले दिएको १०७ रनको लक्ष्य पछाएको

अन्डर १९ एशिया कपको फाइनलमा भारत र बंगलादेश 

काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजका दुवै सेमिफाइनल खेल बर्षाका कारण हुन सकेनन् । बर्षाले खेल नभएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल पुगेका

अन्डर १९ एशिया कपको सेमिफाइनल समीकरण पुरा 

काठमाडौँ । श्रीलंकामा जारी अन्डर १९ एशिया कपको लिग चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट

युएईमाथि नेपालको फराकिलो जित 

काठमाडौं । अन्डर १९ एशिया कप अन्तर्गत नेपालले यूएईलाई १६० रनले पराजित गरेको छ । नेपालले दिएको २८६ रनको लक्ष्य पछाएको युएई ३४.४ ओभरमा १२५ रन बनाउदा अल आउट भएको हो


z