• २०८१ बैशाख ८ शनिबार

नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य 

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रन बनाएको हो ।

नेपालका लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेलेका थिए । उनले ७३ बलमा चार चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । रितले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

नेपालले आफ्नो इनिंगमा सुरुवातका दुई विकेट छिटो गुमाएको थियो । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ ४ रनमा आउट भएका थिए । 

त्यस्तै कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने रशिद खानले अविजित १५ रन बनाएका थिए । त्यस्तै हरिबहादुर चौहानले १२, भिम सार्कीले १, कुशल मल्लले २, कमल ऐरीले २ तथा सगर ढकालले १ रन बनाएका थिए ।

श्रीलंकाका बलर दिलसान मधुशंक र नवोद दिनुस्रीले ३-३ विकेट लिए भने रोहण सिल्भा र अशियन डेनियलले एक एक विकेट लिएका थिए ।

अब केहीबेरमा श्रीलंकाले जवाफी ब्याटिंग गर्दै छ ।   

नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुदैछ । यस खेलमा युएई १२७ रन बनाएर अल आउट भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै