• २०८१ बैशाख ८ शनिबार

तराईका विभिन्न ठाउमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न

kharibot

तस्बिर : श्याम गुप्ता

बारा । तराई मधेस बासीहरुको सामुदायका बिच ज्यादै नैं महत्वपुर्ण मानिने छठपर्व शुक्रवार उदाउँदै गरेको सुर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ ।

तराई मधेसका प्राय ः हरेक शहर–बजार एवंम् गाँउ–टोलमा यो छठपर्व मनाइँने भएको हुँदा नजिकैको नदी , पोखरी वा ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा छठ ब्रतालुहरुले उदाउँदै गरेको सुर्य भगवानलाई अर्घ दिएका हुँन् ।

तराईको बारा , पर्सा , रौतहट , मकवानपुर , सर्लाही लगायतको विभिन्न जिल्लाको हरेक क्षेत्रको विभिन्न स्थानका छठ बतालुहरु बस्ने छठ घाट नजिक ठुल्ठुल्ला स्वागतद्वार बनाईएका थिए । भने छठीमाईको स्थल वर–पर टेण्ड (सम्याना) पण्डाल लगाएर छठीमाईलाई दुल्ही झैं सिंङ्गारिए जस्तै आयोजक समितिहरुका साथै स्थानीय बासिन्दाहरु पनि एक जुट भई एक आपसमा सहकार्य गरि छठ पर्व मानएका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.७ जीतपुर स्थित रातोपुल , सिमरा स्थित छठीमाई पुजा समितिको परिसर , स्थानीय ठाठीमाई छठ घाट , केराढोका , टेंढारोड् , खालकाटोला सदरमुकाम कलैयाको सिद्धेश्वर पोखरी , रामजानकी मंदिर , बरेवा छठीमाई पोखरी सहिँत बेलहिया , प्रस्टोका , सिम्रौनगढ , कचोर्वा , बरियारपुर , प्रसौनी , फेंटा , ईनर्वासिरा , परवानीपुर , फत्तेपुर , मनहर्वा , डुमरवाना , पथलैया , आमलेखगंज , निजगढ लागायतका तराईको हरेक जिल्लाको विभिन्न स्थानहरुमा छठीमाईलाई दुल्ही झैं सिंगारिए जस्तै सजाएर पर्व मनाईएको थियो ।

कात्र्तिक महिनाको षष्ठीमा मनाइँने छठ पर्वमा अनिवार्य सामग्रीहरु दउरा (टोकरी) , नाङ्गलो , उँखु , पित्तल , माटो तथा बाँसले बनाईएको विभिन्न भाँडा बर्तन , नरिवल , पान , सुपारी , अदुवा , निम्बु , सुन्तला , स्याउ , केरा , सिंङ्गडा , सरिफा , चामलको अछेता , अबिर , सिन्दुर , उँखु , मुला , फर्सि र पिठोबाट बनाईएको ठेकुवा लगायतका पुजाका विभिन्न सामाग्रीहरु लिएर छठ पुजा गरिने गरिएको छ ।

छठ पर्वको पहिलो दिन मंगलवार नहान खान गरि चोखो खाना खाएर छठपर्व शुरु भएको हो । बुधवार भने दिन भर उपवास बसेर छठ ब्रतालुहरुले रातमा रसियाव रोटी (खरना) बनाएर खाएका थिए । भने हिजो विहिवार साँझ पख छठ घाटमा गएर पुजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।

धार्मिक मान्यता अनुसार पर्व बस्नाले घर परिवारको सुख , शान्ति , समृद्धिसँगै आ–आफ्ना मनोकांक्षा सजिलै पुरा हुने जन बिश्वास सँगै छठपर्वले व्यापक्ता पाएको हो । छठ पर्वको मुख्य बिशेषता भनेको सबैले उदाउँदै गरेको सुर्यलाई ढोग्छन् । तर , यहाँ अस्ताउँदै गरेको सुर्य भगवानलाई पनि बडो श्रद्धा पूर्वक ढोग्ने काम गरिन्छ ।

यसको अर्को बिशेषता भनेको तराई मधेसका दलित , जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पुजा गर्नेले यसलाई मेल–मिलाप , सद्भाव तथा साहिँष्णुताको प्रतिक पनि मानिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै