हजेलवुडको चार विकेटपछि इङल्याण्ड दबाबमा, फलोअनको खतरा

खरीबोट

काठमाडौं । जारी एशेजको तेस्रो दिनको खेल सकिदा घरेलु टोलि इङल्याण्डमाथि फलोअनको खतरा देखिएको छ ।

इङल्याण्डलाई फलोअन बचाउन अझै ९८ रनको आवश्यकता रहेको छ ।

तेस्रो दिनको खेल सकिदा इङल्याण्डले ५ विकेट गुमाउदै २ सय रन बनाएको छ भने अझै अस्ट्रेलियासँग २९७ रनले पछाडी रहेको छ ।

इङल्याण्डका लागि तेस्रो विकेटका लागि कप्तान जोय रुट र रोरी बर्न्सबीच १४१ रनको साझेदारीलाई जोस हजेलवुडले तोडेका थिए ।

हजेलवुडले ८१ रन बनाएका बर्न्स र ८१ रन बनाएका रुट दुवैलाई आउट गर्दै इङल्याण्डमाथि दबाब बनाएका हुन् । हजेलवुडले कुल ४ विकेट लिएका छन् भने पाट कमिन्सले एक विकेट लिएका छन् ।

इङल्याण्डका लागि जोय डेनलीले ४, क्रेग ओभरटनले ५ तथा जासन रोयले २२ रन बनाएर आउट भए । त्यस्तै अहिले बेन स्टोक ७ तथा जोनी बैरस्ट्रव २ रन बनाएर खेलिरहेका छन् ।

यस अघि अस्ट्रेलियाले स्टिभ स्मिथको दोहोरो शतकको मद्धतले ८ विकेट गुमाउदै ४९७ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो ।

सिरिजमा दुवै टिमले १-१ खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

सम्बन्धित समाचार

एशेज सिरिजपछि आइसीसीको टेस्ट वरियतामा अस्ट्रेलियनको दबदबा 

काठमाडौं । एशेज सिरिजपछि आइसीसीले जारी गरेको नयाँ टेस्ट वरियतामा अस्ट्रेलियाली खेलाडीकै दबदबा देखिएको छ । ५ खेलको सिरिज २-२ ले बराबरीमा सकिएपछि ब्याटिंग र बलिङको वरियतामा अस्ट्रेलियाका खेलाडी नै शिर्ष

अन्तिम खेल जितेर इङल्याण्डद्वारा एशेज सिरिज बराबरी

काठमाडौँ । एशेज सिरिज अन्तत: २-२ को बराबरीमा सकिएको छ । अन्तिम टेस्ट घरेलु टिम इङल्याण्डले जितेपछि ५ खेलको सिरिज २-२ को बराबरी भएको थियो । इङल्याण्डले दिएको ३९९ रनको लक्ष्य

टेस्ट जित्न अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य

काठमाडौँ । जारी एशेज सिरिज अन्तर्गत इङल्याण्डले अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको छ । आफ्नो दोस्रो इनिंगमा इङल्याण्ड ३२९ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ६९ रनको बढतसहित इङल्याण्डले ३९८ रनको अग्रता

डेनली र स्टोकको उत्कृष्ट ब्याटिंगपछि इङल्याण्ड बलियो अवस्थामा

काठमाडौं । जारी पाँचौ एशेजको तेस्रो दिनको खेल सकिदा गरेलु टिम इङल्याण्ड बलियो अवस्थामा रहेको छ । तेस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३१३ रन बनाएको


z