काठमाडौं । जारी एशेजको तेस्रो दिनको खेल सकिदा घरेलु टोलि इङल्याण्डमाथि फलोअनको खतरा देखिएको छ ।
इङल्याण्डलाई फलोअन बचाउन अझै ९८ रनको आवश्यकता रहेको छ ।
तेस्रो दिनको खेल सकिदा इङल्याण्डले ५ विकेट गुमाउदै २ सय रन बनाएको छ भने अझै अस्ट्रेलियासँग २९७ रनले पछाडी रहेको छ ।
इङल्याण्डका लागि तेस्रो विकेटका लागि कप्तान जोय रुट र रोरी बर्न्सबीच १४१ रनको साझेदारीलाई जोस हजेलवुडले तोडेका थिए ।
हजेलवुडले ८१ रन बनाएका बर्न्स र ८१ रन बनाएका रुट दुवैलाई आउट गर्दै इङल्याण्डमाथि दबाब बनाएका हुन् । हजेलवुडले कुल ४ विकेट लिएका छन् भने पाट कमिन्सले एक विकेट लिएका छन् ।
इङल्याण्डका लागि जोय डेनलीले ४, क्रेग ओभरटनले ५ तथा जासन रोयले २२ रन बनाएर आउट भए । त्यस्तै अहिले बेन स्टोक ७ तथा जोनी बैरस्ट्रव २ रन बनाएर खेलिरहेका छन् ।
यस अघि अस्ट्रेलियाले स्टिभ स्मिथको दोहोरो शतकको मद्धतले ८ विकेट गुमाउदै ४९७ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो ।
सिरिजमा दुवै टिमले १-१ खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।