• २०८१ बैशाख १३ बिहीबार

ए डिभिजन लिग फुटबल मंसिर २८ गते सुरु हुने

kharibot

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ गते सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर २८ गतेबाट ए डिभिजन लिग सुरु हुने जानकारी दिएको हो ।

त्यस्तै, अर्को वर्षदेखि भने स्थायी रुपमै ए डिभिजन लिग नोभेम्बर एक तारिखदेखि सुरु हुने पनि एन्फाले निर्णय गरेको छ ।

ए डिभिजन लिगमा गत वर्ष सहभागी भएका सबै १४ टिमले सहभागिता जनाउनेछन् । गत वर्ष रेलिगेसनविनाको लिग सञ्चालन गरिएको थियो ।

१४ वटै क्लबले १८–१८ जनाका दरले खेलाडी दर्ता गरिसकेको पनि एन्फाले जानकारी दिएको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, एपीएफ क्लब, हिमालय शेर्पा क्लब, फेन्ड्स क्लब, च्यासल युथ क्लब, मछिन्द्र क्लब, जावलाखेल क्लब, न्युरोड टिम (एनआरटी) सरस्वती युथ क्लब र ब्रिगेट ब्वाइज क्लब खेल्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै