• २०८१ बैशाख ७ शुक्रबार

भारतको चन्द्रमा मिशन अन्तिम समयमा असफल

kharibot

नयाँ दिल्ली । भारतको चन्द्रमा पुग्ने मिशन चंद्रयान-२ अन्तिम सयममा सम्पर्क टुटेपछि असफल भएको छ । चन्द्रमाबाट केवल २ किलोमिटर टाढा रहेका बेला चन्द्रयान-२ सँग सम्पर्क टुटेको थियो । 

भारतीय समय अनुसार गएराती १ बजेर ५२ मिनेट ५४ सेकेन्डमा चन्द्रमामा पुगें समय तोकिएकोमा अन्तिम ९० सेकेन्डमा चन्द्रयानको ग्राउण्ड स्टेसनसँग सम्पर्क विच्छेद भएको थियो ।

४७ दिन अघि प्रक्षेपण गरिएको चन्द्रयान-२ चन्द्रमा पुगेर इतिहास बनाउन धेरै नजिक पुगेर मिशन असफल भएकोमा इंडिया स्पेस रिसर्च अर्गनाइजेशनका प्रमुख सिवन दुखि देखिएका थिए ।

चन्द्रयान-२ पहिलो पटक चन्द्रमाको दक्षिणी ध्रुवमा उतार्ने प्रयास गरिएको थियो । दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै देशपनि पुग्न सकेका छैनन् । 

अहिलेसम्म चन्द्रमा मा आफ्नो मिशन सफल गर्ने देश रुस अमेरिका र चीन मात्र हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराश रहेका वैज्ञानिकहरुलाई सम्बोधन गर्दै ठुलो मिशनमा निराशाबाट आगाडी बढ्न हिम्मत हुनुपर्ने भन्दै सबैलाई निराश नहुन र यस प्रयासका लागि बधाई दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै