• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : बैतडीमा १६७ आयोजना सम्पन्न

kharibot

बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् । 

ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ ।
 
यस्तै डिलाशैनी गाउँपालिकाका २१ आयोजनामा ३५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको तथा दोगडाकेदार गाउँपालिकाका नौ आयोजनामा ३५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ । यस्तै मेलौली नगरपालिकाका नौ आयोजनामा ३५८ जनाले औसतमा १७ दिन, पञ्चेश्वर गाउँपालिकाका आठ आयोजनामा १९३ जनाले औसतमा ३० दिन, पाटन नगरपालिकाका ३९ आयोजनामा एक हजार ३०० जनाले औसतमा आठ दिन र पुर्चौंडी नगरपालिकाका १७ आयोजनामा २४८ जनाले औसतमा ३० दिन रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पिसीसी बाटो, प्रसूति सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।      

यस्तै शिवनाथ गाउँपालिकाका ११ आयोजनामा १४७ ले औसतमा २८ दिन रोजगारी पाएका छन् । यसैगरी सिगास गाउँपालिकाका १२ आयोजनामा ३३३ ले औसतमा १९ दिन रोजगारी पाएका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा एक हजार ३८६ ले औसतमा चार  दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै