• २०८१ बैशाख ६ बिहीबार

जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्रनायक घोषणा

kharibot

हरारे (जिम्बाबे) । जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गर्नुभएको छ । उहाँको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताए ।
 
मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उनको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र राष्ट्रिय शोक घोषणा गरेका थिए । 

देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गरेको उनले स्मरण गरे ।   
उनले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिए । 

जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करीब चार दशक देशमा शासन गरेका थिए ।
 
केही समयदेखि बिरामी अवस्थामा रहेका मुगाबेको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो ।  सोही  उपचारको क्रममा उहाँको गत शुक्रबार निधन भएको थियो ।  उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत  पुष्टि गरेका थिए । 

सन् १९२४ को फेब्रुअरीमा जन्मिएका मुगाबेलाई सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । उनलाई तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल  चलान गरी मुद्दा नचलाई १० वर्षसम्म कैदी बनाएर राखिएको थियो । 
 
सन् १९८० मा मुगाबे देशको पहिलो निवार्चित प्रधानमन्त्री बनेका थिए ।  सन् १९८७ उनी राष्ट्रपति बने ।
शिक्षा, स्वास्थ्य बहुसङ्ख्यक काला जातिका मानिसलाई उनी निकै उच्च स्थानमा पु¥याएर आफू पनि निकै लोकप्रिय भएका थिए । तर उनले ल्याएको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट  फर्सेको उनीमाथि आरोप लागेको थियो ।
    
अफ्रिकीमुलुक जिम्बाब्बेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । लामो समयसम्म शासन सत्तामा रहेका स्वतन्त्रता सेनानी मुगाबे बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । मुगाबेले  जिम्बाब्बेमा ३७ वर्ष शासन  भएको थियो । 

बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन सफल मुगाबे नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट मुक्त भएका थिए । बहिर्गमनलगत्तै उनको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो । 

झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताएका मुगाबे त्यसपछि छापामार बनेका थिए । तर मुलुकस्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीका रुपमा उनले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गरे । उनले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रम अगाडि बढाए ।

तर उनी जसरी उच्च स्थानमा पुगेका थिए, निकै तीव्र गतिमा चमक फिका हुन थाल्यो । मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन ९जानु० र यसको सशस्त्र फौजको नेतृत्व सम्हालेका थिए । सन् १९७४ मा जेलमुक्त हुँदा उनले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याएका थिए । 

सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकी पिपुल्स युनियन ९जापु० को नेतृत्व गरेका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाएका थिए । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाए । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गरेका थिए । 

मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालीमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो । तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमीन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकी अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो । मगाबेले आफ्नो शासनकालमा ल्याउनुभएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।

यसैगरी, उनले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उनीमाथि लागेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै