• २०८१ बैशाख १४ शुक्रबार

भारत र अफगानिस्तान अन्डर-१९ एशिया कपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ । अन्डर १९ एशिया कप अन्तर्गत समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् ।

आज भएको दोस्रो खेलमा भारत र अफगानिस्तान आ-आफ्नो खेलमा विजयी भएपछि दुवै २-२ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

आज भएको खेलमा अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजति गरेको हो । यस अघि अफगानिस्तानले पहिलो खेलमा विहिबार पाकिस्तानलाई समेत पराजित गरेको थियो ।

त्यस्तै समुह ए को अर्को खेलमा भारतले पाकिस्तानलाई ६० रनले पराजित गरेको थियो । भारतले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

समुह ए मा कुवेत र पाकिस्तान दुवैले २-२ खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

समुह ए अन्तर्गत अब सोमबार भारत र अफगानिस्तान तथा पाकिस्तान र कुवेतबीचको खेल हुने छ ।

अब समुह बि अन्तर्गत आइतबार नेपाल र बंगलादेश तथा श्रीलंका र युएईबीच खेल हुदै छ । नेपाल र युएईले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् भने श्रीलंका र बंगलादेशले पहिलो खेल जितेका छन् ।

नेपाललाई सेमिफाइनल पुग्न अब बंगलादेश र युएईलाई पराजित गर्नुपर्ने देखिएको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै