• २०८१ बैशाख ७ शुक्रबार

अस्ट्रेलियाले दियो ३८३ रनको लक्ष्य, टेस्ट बचाउन इङल्याण्ड संघर्षरत

kharibot

काठमाडौं । जारी एशेजको चौथो खेलको चौथो दिनको खेल सकिदा घरेलु टिम इङल्याण्डले खेल जित्न ३८३ रनको लक्ष्य पाएको छ ।

३८३ रनको लक्ष्य पछाएको इङल्याण्डले चौथो दिनको अन्तिम ७ ओभर खेल्दै २ विकेट गुमाएर १८ रन बनाएको छ ।

यस अवस्थामा अब टेस्ट बचाउन इङल्याण्ड संघर्षरत देखिएको छ भने अस्ट्रेलियाले यो टेस्ट जित्ने सम्भावना बढी देखिएको छ ।

चौथो दिन इङल्याण्ड ३०१ रनमा अल आउट भएपछि अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंग ब्याटिंग गर्दै ६ विकेट गुमाउदै १८६ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले फेरी पनि उत्कृष्ट ब्याटिंग गर्दै ८२ रन बनाएर आउट भए ।

त्यस्तै म्याथ्युज वाडेले ३४ रन बनाए भने कप्तान टीम पानेले २३ रन बनाए । 

त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने स्टुअर्ट बोर्डले २ विकेट लिए । त्यस्तै ज्याक लीचले एक विकेट लिएका थिए ।

३८३ रनको लक्ष्य पछाएको इङल्याण्डको शुरुवात भने निकै खराब रह्यो । इङल्याण्डले ओपनर रोरी बर्न्स र कप्तान जोय रुट दुवैलाई शुन्य रनमा नै गुमाउदा इङल्याण्ड फेरी दबाबमा आएको छ । अभिले जोय डेनली १० रन बनाएर र जासन रोय ८ रन बनाएर खेलिरहेका छन् ।

अस्ट्रेलियाका लागि पाट कमिन्सले दुवै विकेट लिएका थिए ।

यस अघि एक एक खेल जितेर सिरिजमा बराबर रहेकोमा अब यो टेस्टको अन्तिम दिन निकै रोचक हुने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै