लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

खरीबोट

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताए ।

नेपाली काँग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको जय नेपाल स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकारसम्बन्धी विधेयकका माध्यमबाट प्रजातान्त्रिक मूल्य, मान्यतामाथि प्रहार गर्न खोजेको आरोप लगाए ।

जनताको प्रजातान्त्रिक अधिकार हनन् नहुने गरी विधेयकमा व्यवस्था गर्न पनि संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता रहेका नेता देउवाले सरकारसँग माग गरे । “प्रजातान्त्रिक अधिकारमाथि अंकुश लगाएर विधेयक पारित गर्न दिँदैनौँ, जबर्जस्ती गर्न खोजे सबै मोर्चाबाट आन्दोलनमा उत्रन्छौँ”, उनले भने ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कुरा गर्न सिपालु सरकारमा काममा शून्य देखिएको आरोप लगाए । सरकारको डेढ वर्षे कार्यकालमा विकास, निर्माणलगायत धेरै विषयमा भेदभाव गरिएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षीलाई पाखा लगाएर पदाधिकारी नियुक्ति गर्ने परिपाटीलाई प्राथमिकता दिई गैरप्रजातान्त्रिक आचरण देखाएको बताए ।

कार्यक्रममा सांसद रामबहादुर विष्टलाई एनडी प्रभाष चटौत सम्मान, पूर्वसभासद् डा आरजु राणा देउवालाई द्वारिकादेवी ठकुराठी सम्मान, पूर्वसांसद बलबहादुर कुँवरलाई सिद्धराज ओझा सम्मान, परशुराम नगरपालिका जोगबुढा डढेल्धुराका नगर प्रमुख भीमबहादुर साउदलाई सभापति देउवाले सम्मान गरे ।  

सम्बन्धित समाचार

काँग्रेसको भ्रातृ संस्थाको भद्रगोल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा व्यस्त रहेकै बेला भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ ।  शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष

काँग्रेसद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ ।  विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु

बाँके घटनाका विषयमा आजपनि काँग्रेसको संसद अवरोध, बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध

नेकपा र काँग्रेसका शीर्षनेताबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका


z