• २०८१ बैशाख ५ बुधबार

सेरेनालाई पराजित गर्दै बियांकाले जितिन् युएस ओपन

kharibot

काठमाडौँ । क्यानाडाकी १९ बर्षिय बियांका एन्ड्रीस्कूले यस बर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् ।

बियांकाले अमेरिकी खेलाडी सेरेना विलियम्सलाई सोझो सेटमा २-० ले पराजित गर्दै युएस ओपनको उपाधि जितेकी हुन् । बियांकाले ६-३ र ७-५ ले सेरेनालाई पराजित गरेकी थिइन् ।

युवा खेलाडी बियांकाको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । वरियतामा १५औ स्थानमा रहेकी बियांका पहिलो पटक युएस ओपन खेल्दै उपाधि नै जितेकी छन् ।

यो जितसँगै टेनिसमा ग्रान्ड स्लाम उपाधि जित्ने क्यानडाकी पहिलो खेलाडी समेत बनेकी छन् । यसका साथै बियांका कम उमेरमा युएस ओपन जित्ने दोस्रो खेलाडी बनेकी छन् । यस अघि सन् २००६ मा रुसी खेलाडी मारिया सारापोभाले १७ बर्षको उमेरमा युएस ओपनको उपाधि जितेकी थिइन् ।

त्यस्तै अहिलेसम्म २३ ग्रान्ड स्लाम जितिसकेकी ३७ बर्षिय सेरेनाको भने लगातार फाइनलमा चौथो हार बेहोरेकी छन् । सेरेनाले २० बर्ष पहिला सन् १९९९ मा त्यस बेलाकी नम्बर एक खेलाडी मार्टिना हिंगिसलाई पराजित गर्दै युएस ओपनको उपाधि जित्दै आफ्नो पहिलो ग्रान्ड स्लाम जितेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै