• २०८१ बैशाख १२ बुधबार

अन्डर-१९ एशिया कप : बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै  

kharibot

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल टेस्ट खेल्ने राष्ट्र बंगलादेशसँग खेल्दै छ ।

कोलम्वोस्थित प्रेमादासा स्टेडियममा हुने यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

नेपालको प्लेइङ एघार : रोहितकुमार पौडेल (कप्तान), रीत गौतम, पवन सराफ, महमद आसिफ शेख, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल र सन्दीप जोरा ।

आजै समुह बि कै  श्रीलंका र युएईबीच पनि खेल हुदै छ ।

समू बि मा यस अघि भएको पहिलो खेलमा श्रीलंका र बंगलादेशले जित हासिल गरेका छन् । श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको थियो भने बंगलादेशले युएईलाई ६ विकेटले पराजित गरेको थियो ।  

लाइभ स्कोर यंहा हेर्नुहोस 

प्रतियोगितामा समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगिसकेका छन् ।

शनिबार भएको दोस्रो खेलमा भारत र अफगानिस्तान आ-आफ्नो खेलमा विजयी भएपछि दुवै २-२ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

आफ्नो दोस्रो खेलमा अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा गत विहिबार पाकिस्तानलाई समेत पराजित गरेको थियो ।

त्यस्तै समुह ए को अर्को खेलमा शनिबार नै भारतले पाकिस्तानलाई ६० रनले पराजित गरेको थियो भने भारतले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

विहिबारदेखि भाद्र २८ सम्म (सेप्टेम्बर ५ देखि १४ ) हुने यस एसीसी अन्डर १९ एशिया कपमा नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेको छ भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन् । ५० ओभर फर्म्याटमा हुने यस प्रतियोगितामा भाग लिएका ८ देशलाई दुई समुहमा बिभाजन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै