क्रिकेट रंगशालाका लागि मुक्तिनाथ विकास बैंकको पाँच लाख सहयोग

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ ।

मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । 

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए । 

 
 
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई

मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्धारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । उक्त

मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयरलाई आर्थिक सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख वित्तीय सहयोग प्रदान गरेको छ । यस अटीजम केयर

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न


z