'पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक

खरीबोट

काठमाडौँ । नेपाली फिल्म 'पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अभिनेत्री पुजा शर्मा र सौगात मल्ल फिचर्ड रहेका छन् । लोक लयमा आधारित गीतलाई सुन्दरढंगले छायांकन गरिएको छ ।  

फिल्ममा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा सृष्टि श्रेष्ठको प्रमूख अभिनय रहेको छ ।

शिशिर राणा निर्देशित सिनेमा आगामी कात्तिक ८ गते तिहारमा रिलिज हुदै छ ।

फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ ।

सिनेमाको कथा स्वयंम निर्देशक राणाले लेखेका हुन् । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

यस फिल्मलाई दिपक मनांगेले निर्माण गरेका हुन् ।  

'पोइ पर्‍यो काले’ को शिर्ष गीत :

सम्बन्धित समाचार

दयाहाङ र उपासनाको ‘माया पिरती’ सार्वजनिक

काठमाडौँ । यहि असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री

सम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ सार्वजनिक 

काठमाडौँ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । यसैक्रममा

फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । असोज १७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर

“प्रसाद” पछि विपिन कार्की “सेल्फी किङ” मा

काठमाडौँ । चलचित्र “प्रसाद”का अभिनेता विपिन कार्की अर्को नयाँ चलचित्रको तयारीमा छन् । उनी अहिले त्यहाँ टिमसँग “सेल्फी किङ” नामक चलचित्र गर्न लागेका छन् । उनको चलचित्र “प्रसाद” व्यवसायिक र समीक्षात्मक


z