• २०८१ बैशाख ७ शुक्रबार

'पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक

kharibot

काठमाडौँ । नेपाली फिल्म 'पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अभिनेत्री पुजा शर्मा र सौगात मल्ल फिचर्ड रहेका छन् । लोक लयमा आधारित गीतलाई सुन्दरढंगले छायांकन गरिएको छ ।  

फिल्ममा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा सृष्टि श्रेष्ठको प्रमूख अभिनय रहेको छ ।

शिशिर राणा निर्देशित सिनेमा आगामी कात्तिक ८ गते तिहारमा रिलिज हुदै छ ।

फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ ।

सिनेमाको कथा स्वयंम निर्देशक राणाले लेखेका हुन् । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

यस फिल्मलाई दिपक मनांगेले निर्माण गरेका हुन् ।  

'पोइ पर्‍यो काले’ को शिर्ष गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै