• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा दोहोरो अंकको गिरावट, सबै सुचक रातै

kharibot

काठमाडौ । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।

नेप्से १२ दसमलव ६१ अंकले घटेर ११ सय ७८ दसमलव ४६ बिन्दुमा झर्दा सेन्सिटिभ दुई दसमलव ७७ अंकले घटेर दुई सय ५७ दसमलव १३ बिन्दुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको पाँच हजार छ सय ४० वटा कारोवारमा ११ लाख ७३ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ५३ लाख १० हजार सात सय १९ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा ११ वटै समुहको सुचक घट्दा नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ९६ अंकले घटेर एक हजार ७९ दसमलव २८ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक १५ दसमलव ८२ अंकले घटेर १५ सय ७३ दसमलव २६ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि १२ दसमलव ९२ अंकले घटेर नौ सय ८३ दसमलव ८४ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय दुई दसमलव २९ बिन्दुले घटेर चार हजार पाँच सय ३३ दसमलव ८५ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आँधिखोला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९० पैसाले बढेर चार रुपैयाँ ४४ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ४९ पैसाले घटेर ९७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको संस्थापक सेयर तर्फत प्रतिकित्ता एक सय ६२ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड २४ लाख ८० हजार ६२ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै