नेपाल बंगलादेशसँग पराजित, सेमिफनाइल पुग्न असफल

खरीबोट

काठमाडौँ । श्रीलंकामा आयोजना भइरहेको अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल बंगलादेशसँग पराजित हुदै एशिया कपबाट बाहिरिएको छ ।

नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यो सँगै नेपाल ६ विकेटले पराजित भएको छ ।

बंगलादेशका लागि अकबर अलीले अविजित ९८ रन बनाएका थिए । त्यस्तै तोव्हिड हृदोयले ६० रन बनाए भने महमुदुल हसनले ४० रन बनाएका थिए । त्यस्तै शमिम होसैनले अविजित ४२ रन बनाएका थिए ।

नेपालका लागि बलर कमल सिंह ऐरीले २ विकेट लिएका थिए भने राशिद खान र हरिबहादुर चौहानले एक एक विकेट लिएका थिए ।    

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो ।

पवन सराफले १११ बल खेल्दै ८१ रनको पारी खेलेका थिए भने सन्दीप जोराले आक्रामक अर्धशतक बनाएका थिए । सन्दीपले ३३ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । सन्दीपले ३७ बलमा ५६ रन बनाएर आउट हुदा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै नेपालका लागि रित गौतमले ३२ रन बनाए भने कुशल मल्लले आक्रामक खेल्दै ३२ बलमा २८ रन बनाएर आउट भएका थिए । त्यस्तै आसिफ सेख ३ रन बनाएर आउट भएका थिए ।

त्यसै गरि राशिद खानले ६ रन बनाए बहने कमल सिंह ऐरीले अविजित ९ रन बनाए ।  

त्यस्तै भीम सार्की २१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १४ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेख ३ रन बनाएर आउट भएका थिए ।

बंगलादेशका बलर तान्जिम हसन र शाहिन अलोमले २-२ विकेट लिए भने मोहमद मृत्युन्जय, राकिबल हसन, मिन्हुजुर रहमान र तव्हिद हृदोयले एक एक विकेट लिएका थिए ।

यो हारसँगै नेपाल एशिया कपको सेमिफाइनलमा पुग्न असफल भएको छ । नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब अन्तिम खेल युएईसँग आगामी मंगलबार खेल्ने छ । आफ्ना दुवै खेलमा विजयी भएर बंगलादेश समुह बि बाट सेमिफाइनलमा पुगेको छ । 
 

सम्बन्धित समाचार

नेपाली युवा क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ ए टिमसँग पनि पराजित भएको छ । आज सम्पन्न खेलमा भारतको अन्डर १९ ए टिमले नेपाललाई १०७ रनले

भारतीय अन्डर १९ 'ए' ले नेपाललाई दियो २४८ रनको लक्ष्य  

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ ए टिमसँग खेलिरहेको छ । भारतीय अन्डर १९ ए टिमले पहिला ब्याटिंग गर्दै नेपाली युवा टिमलाई २४८

नेपाली युवा टिम १० विकेटले पराजित 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ सी टिमसँग पराजित भएको छ । सोमबार सम्पन्न खेलमा भारतको अन्डर १९ सी टिमले नेपाललाई १० विकेटले पराजित

अन्डर १९ टिमको भारत टुर : नेपाल ११४ रनमा अल आउट 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतको अन्डर १९ सी टिमसँग खेलिरहेको छ । नेपाली अन्डर १९ टिम पहिला ब्याटिंग गर्दै ११४ रनमा अल आउट भएको


z