• २०८१ बैशाख ७ शुक्रबार

अन्डर १९ एशिया कपको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो

kharibot

काठमाडौँ । श्रीलंकामा जारी अन्डर १९ एशिया कपको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

प्रतियोगिताका अन्तिम खेल नहुदै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।

प्रतियोगितामा  समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट घरेलु टिम श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए बाट भारत र अफगानिस्तान दुवै २-२ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

शनिबार भएको खेलमा अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजति गरेको हो । यस अघि अफगानिस्तानले पहिलो खेलमा विहिबार पाकिस्तानलाई समेत पराजित गरेको थियो ।

त्यस्तै समुह ए को अर्को खेलमा भारतले पाकिस्तानलाई ६० रनले पराजित गरेको थियो । भारतले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

समुह ए मा कुवेत र पाकिस्तान दुवैले २-२ खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यस्तै समुह बि बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । श्रीलंकाले पहिलो खेलमा नेपाललाई र आज भएको दोस्रो खेलमा युएईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यस्तै बंगलादेशले पहिलो खेलमा युएईलाई र आज भएको दोस्रो खेलमा नेपाललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

समुह बि बाट नेपाल र युएई आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।

नेपाल भने समुह चरणका दुवै खेलमा पराजित भएर सेमिफाइनलमा पुग्न असफल भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा अब युएईसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै