• २०८१ बैशाख ६ बिहीबार

चौथो एशेजमा अस्ट्रेलिया विजयी, सिरिजमा २-१ ले अगाडी

kharibot

काठमाडौं । अष्टेलियाले जारी एशेजको चौथो टेस्ट जितेर सिरिजमा २-१ को बढत बनाएको छ ।

३८३ रनको लक्ष्य पछाएको घरेलु टोलि इङल्याण्ड टेस्टको अन्तिम दिन १९७ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया १८५ रनले विजयी भएको हो ।

अस्ट्रेलियाको जितमा पाट कमिन्सले ४ विकेट लिए भने जोस हजेलवुड र नाथन लियोनले २-२ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र मार्नस लाबुसचागनेले एक एक विकेट लिए ।

इङल्याण्डका लागि जोय डेनलीले सर्वाधिक ५३ रन बनाए भने जासन रोय ३१, जोस बटलर ३४, जोनी बैरस्ट्रव २५, क्रेग ओभरटन २१ रन बनाएर आउट भए । त्यस्तै रोरी बर्न्स कप्तान जोय रुट शुन्यमा आउट भएका थिए भने बेन स्टोक तथा जोफ्रा आर्चर १-१ रनमा आउट भएका थिए ।

यस खेलमा पहिलो इनिंगमा २११ र दोस्रो इनिंगमा ८२ रन बनाएका अस्ट्रेलियाका स्टिभ स्मिथ प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितसँगै ५ खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी भएको छ । अस्ट्रेलिया सन् २००१ पछि पहिलो पटक इङल्याण्डमा एशेजमा अब सिरिज नगुमाउने स्थितिमा पुगेको छ ।

अब सिरिजको अन्तिम खेल सेप्टेम्बर १२ देखि शुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै