रक्षामन्त्री प्रधानद्वारा बैंकक पुगेर दिवंगत थाइ राजालाई श्रद्धाञ्जली

खरीबोट
ad

काठमाडौँ / रक्षामन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक भएका छन् । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो ।

मन्त्री प्रधानकी पत्नी विद्या वनमाली प्रधान, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी पनि अन्त्येष्टि समारोहमा सामेल भएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार अन्त्येष्टि समारोहमा ४२ मुलुकका उच्चस्तरीय अतिथिहरुको सहभागिता थियो ।

थाइ नरेश महा बजिरलोङकर्न बोधिन्द्रदेवायवरङकनसँगको संक्षिप्त भेटमा मन्त्री प्रधानले थाइ नरेश अदुल्यादेजको अवसानबाट थाइ नरेश, थाइ शाही परिवार र थाइ जनताले व्यहोर्नु परेको अपूरणीय क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक समवेदना प्रकट गरे ।

थाइ नरेश अदुल्यादेजको सन् २०१६ अक्टुबर १३ तारिखका दिन निधन भएको थियो । उनको पार्थिव शरीरलाई बैंककको राजप्रासादमा अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न राखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१७ मईमा बैंकक पुगी दिवंगत नरेशप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सम्बन्धित समाचार

अब बन्ने सरकारलाई सघाउ पुर्याउँछौँ : रक्षामन्त्री प्रधान

खोटाङ । रक्षामन्त्री भीमसेनदास प्रधानले अब बन्ने सरकारलाई सकारात्मक सोचका साथ सघाउ पुर्याउने बताए । स्थायी सरकार गठनका लागि जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएकाले उक्त जनमतको कदर वाम गठबन्धनले गर्नुपर्ने

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् ।  शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले

निर्वाचन बिथोल्न खोजे सेनाले सिधै गोली हान्छ : रक्षामन्त्री प्रधान

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् । उनले निर्वाचन बिथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्न नेपाली सेनालाई गोली

रक्षामन्त्री प्रधानद्वारा बैंकक पुगेर दिवंगत थाइ राजालाई श्रद्धाञ्जली

काठमाडौँ / रक्षामन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक भएका छन् । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो । मन्त्री प्रधानकी


z