• २०८१ बैशाख ६ बिहीबार

आइओएस १३ लन्च गर्दै एप्पल, यस्ता छन् विशेषता 

kharibot

काठमाडौं । आइफोन निर्माता एप्पलले आफ्नो बार्षिक इभेन्ट सेप्टम्बर १० मा आइफोनको ११औ सिरिज लन्च गर्ने भएको छ ।

एप्पलको यस इभेन्टमा एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएस १३ पनि लन्च गर्ने बताइएको छ । आइओएस १३ सँग जोडिएका कैयौ कुराहरु अगाडी नै बाहिर आइसकेका छन् । आइओएस १३ का केहि प्रमुख विशेषता यस्ता छन् :

एप्पलका अनुसार आइओएस १३ अहिलेसम्मकै सबैभन्दा तिब्र अपरेटिङ सिस्टम हुने छ । यस आइओएसमा अपडेट्स डेलिभर हुने तरिका पनि बदलिने भएको छ । यसमा डाउनलोड ५० प्रतिशत छिटो हुने छ भने अपडेट साइटसमेत ६० प्रतिशतले घटाइएको छ । यसका अलावा यस आइओएसमा फेसआइडीले ३० प्रतिशत छिटो काम गर्ने बताइएको छ ।

एप्पलका अनुसार एप्पलको क्यामरा पोट्रेट लाइटिङलप हिसाबले पोजिशन र इन्टेसिटीको भर्चुअली एडजस्ट गर्ने छ । आइओएस १३ मा प्रयोगकर्ताले अब पोट्रट लाइटिङ इफेक्ट को इन्टेन्सिटिको घटाउन र बढाउन सकिने छ । यसले फिल्टर फेशन फोटोग्राफीमा प्रयोग हुने स्ट्याटिक मोनोक्रोमिक एस्थेटिकलाई रिप्लेटिक गर्ने छ ।

पछिल्लो बर्ष म्याक ओएसमा डार्क मोड रोल आउट गरेपछि अब एप्पलले आइओएस १३ बाट एप्पलका बाँकी उत्पादनको सिस्टममा समेत वाइड डार्क मोड ल्याउन लागेको छ ।  अब स्टक एप्पल वालपेपरमा समेत डार्क मोड एलिमेन्ट्स डार्क हुने छन् ।

आइफोनको विशेष फिचर मिमोजी हो । अझ यसलाई पर्सनलाइज गर्नको लागि एप्पलले यसमा अझै कस्टमाइज अप्सन दिने भएको छ । एप्पलका अनुसार मिमोजीको मद्धतले धेरै स्टिकर जेनरेट गर्न सकिने हच र पछि यो किबोर्ड एप्पमा समेत उपलब्ध हुने छ । कस्टमाइज अप्सनमा हेडगियर, ग्लासेस समेत सामेल छन् ।                            

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै