• २०८१ बैशाख ७ शुक्रबार

“प्रसाद” पछि विपिन कार्की “सेल्फी किङ” मा

kharibot

काठमाडौँ । चलचित्र “प्रसाद”का अभिनेता विपिन कार्की अर्को नयाँ चलचित्रको तयारीमा छन् । उनी अहिले त्यहाँ टिमसँग “सेल्फी किङ” नामक चलचित्र गर्न लागेका छन् ।

उनको चलचित्र “प्रसाद” व्यवसायिक र समीक्षात्मक दुबै रुपमा सफल भएको थियो । उक्त फिल्मको निर्देशक दिनेश राउत र निर्माता सुवास थापा हुन् । विशाल सापकोटाले फिल्मको निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

चलचित्रमा विपिनसँगै अभिनेत्री लक्ष्मी बर्देवालाई मुख्य भूमिकामा देख्न सकिन्छ । चलचित्रको एक आइटम गीतमा अभिनेत्री स्वस्तिमा खड्काको नृत्य देखिने चर्चा भएतापनि अब अभिनेत्री केकी अधिकारीको नृत्य प्रस्तुत हुने भएको छ ।

चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारीको चलचित्रको कथा निर्देशक सापकोटा स्वयंको हो । प्रवल कोइराला र राजेश विशुरल सह–निर्माताको रुपमा रहेको फिल्मलाई सुशन प्रजापतिले खिच्ने जिम्मेवारी पाएका छन् ।

चलचित्रको सम्पादनमा जीवन थापा, सुवास भुषालको संगीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, चलचित्रको गीतमा निर्मल लामाको कोरियोग्राफी रहनेछन् । विपिनले चलचित्रको स्क्रिप्टको कारण चलचित्र खेल्न राजी भएको र कथावस्तु धेरथोर आफ्नो वास्तविक जीवनसँग पनि मिल्ने जनाएका छन् ।

चलचित्रले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्देश्यले आफू चलचित्र निर्माणमा होमिएको जनाएका छन् । उनी अहिले चलचित्र ‘मेरो एउटा साथी छ २’ को तयारीमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै