मुक्तिनाथ विकास बैंकद्धारा कालिकोटका विद्यार्थीलाई छात्रवृत्ति सहयोग 

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसइइ पास भई काठमाडौँमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाखको वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका छन् ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । 
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई

मुक्तिनाथ विकास बैंकद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्धारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । उक्त

मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयरलाई आर्थिक सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख वित्तीय सहयोग प्रदान गरेको छ । यस अटीजम केयर

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न


z