• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा उच्च गिरावट : उत्पादमुलक बाहेक सबै समुहले गुमाए

kharibot

काठमाडौ । साताको दोस्रो कारोवार दिन आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ ।

नेप्से आज नौ दसमलव ५४ अंकले घटेर ११ सय ६८ दसमलव ९१ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७७ अंकले घटेर दुई सय ५५ दसमलव ३५ अंकमा झरेको छ ।

एक सय ७३ कम्पनीहरुको सात हजार आठ सय ३६ वटा कारोवारमा १४ लाख २८ हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २९ करोड ९२ लाख सात सय ६४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ११ वटा समुहको सुचक घटेकाछन भने उत्पादनमुलक समुहको सुचक सामान्य अंकले बढेकाछन ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर एक हजार ७२ दसमलव ४७ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक तीन दसमलव तीन अंकले घटेर १५ सय ७७ दसमलव २२ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि आठ दसमलव ४६ अंकले घटेर नौ सय ७५ दसमलव ४९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ६६ दसमलव आठ अंकले घटेर चार हजार चार सय ६७ दसमलव ७७ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको  आँधीखोला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ १८ पैसाले बढेर चार सय ६७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ३१ पैसाले घटेर दुई सय ६७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सिभिल बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय रुपैयाँ अन्तिम मुल्यमा चार करोड रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै