• २०८१ बैशाख ५ बुधबार

बाबुराम भट्टराईको हिन्दु धर्मप्रतिको अभिव्यक्ति आपत्तिजनक छ : कमल थापा 

kharibot

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।

हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा थापाले पुर्ब प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिबर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन् ।

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाव दिएका छन् । भट्टराई आफैसँग सँगै अध्ययन गरेको मित्र रहेको भन्दै उनले हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए ।

थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला व्यवसायीको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । उनले भने,'मुलुकमा मनपरी छ, जसले रे गरेनी हुने अबस्था आयो, कोहि कसैसँग डराउनु नपर्ने भयो । त्यसैले अब ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्छ ।' 

उनले भने, "भ्रष्टाचार,बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधानगर्न नेकपा असफल भयो,नेपाली काँग्रेस निरिह बन्यो । यि समस्याहरु समाधान गरि सबल र सम्बृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ। बैचारिक, संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ ।"

उनले बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढीगण्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए । कम्युनिस्ट र काँग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।

"युवाहरुको रगत/पसिना निर्यात गरेर बिकास र सम्बृद्धि हुंदैन।रेमिट्यान्समा आधारित अर्थतन्त्र कमजोर हुन्छ । लगानी बढाएर,कलकारखाना खोलेर,कृषि र पर्यटन प्रबर्द्धन गरेर तथा रोजगारी सिर्जना गरेर बिदेशिएका युवाहरुलाई देशभित्र फर्कने वातावरण बनाउनु पर्छ ।" उनले भने ।  

कार्यक्रममा राप्रपाका सह- महामन्त्री भक्ति सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी, शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा, बालकुमारी डल्लाकोटी, खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए ।

प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थिको सहभागीता रहेको छ । राप्रपा पछिल्लो समय देशब्यापी प्रशिक्षणको अभियानमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै