• २०८१ बैशाख १२ बुधबार

टेस्ट खेलमा बंगलादेशमाथि अफगानिस्तानको ऐतिहासिक जित 

kharibot

काठमाडौँ । जारी टेस्ट खेलमा अफगानिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

टेस्टको पाँचौ दिन बर्षाले खेल प्रभावित हुदा ढिलो गरि शुरु भएपनि अफगानिस्तानले बंगलादेशलाई १७३ रनमा अल आउट गर्दै २२४ रनको फराकिलो जित हासिल गरेको छ ।

बंगलादेशले ३९८ रनको लक्ष्य पछाएको थियो ।

अफगानिस्तानलाई बंगलादेशविरुद्धको यो पहिलो टेस्ट जिताउने क्रममा कप्तान राशिद खानले ६ विकेट लिएका छन् । राशिदले पहिलो इनिंगमा ५ विकेट लिएका थिए । त्यस्तै अर्का बलर जाहिर खानले ३ विकेट लिएका छन् भने मोहमद नावीले एक विकेट लिए ।

बंगलादेशका लागि कप्तान शकिब अल हसनले सर्वाधिक ४४ रन बनाए भने शडमन इस्लामले ४१ तथा मुश्फिकुर रहिमले २३ रन बनाए ।

यस अघि अफगानिस्तानले रहमत शाहको शतक, अस्घर अफगानको ९२ तथा राशिद खानको आक्रामक ५१ रनको मद्धतले पहिलो इनिंगमा ३४२ रन बनाएको थियो । त्यस्तै दोस्रो इनिंगमा अफगानिस्तान २६० रनमा आउट भएको थियो ।
बंगलादेशले पहिलो इनिंगमा २०५ रन मात्र बनायो ।

टेस्ट टिमको कप्तानी गर्ने सबै भन्दा कान्छा कप्तानको रेकर्ड बनाएका राशिदले अफगानिस्तानलाई तेस्रो टेस्टमा जित दिलाएका छन् । २०१७ मा टेस्ट स्ट्याटस पाएको अफगानिस्तानले यस अघि पहिलो टेस्ट भारतसँग खेल्दै पराजित भएको थियो भने दोस्रो टेस्ट आयरल्याण्डविरुद्ध खेल्दै जित हासिल गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै