फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक

खरीबोट

काठमाडौँ । असोज १७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

फिल्म अन्तरजातीय प्रेममा बनेको ट्रेलरबाट थाहा हुन्छ । 

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

‘काले दाई’ को ट्रेलर :

सम्बन्धित समाचार

अभिनेत्री ऋचा शर्मा बैबाहिक बन्धनमा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक बन्धनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका

सौगात र सृष्टिको चलचित्र ‘सँगसँगै’ को शुभमुर्हत  

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको छ ।   फिल्ममा

प्रेमगीत-३ मा अनुभव र योगीशाको यस्तो अवतार

काठमाडौँ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’ का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा

सन्जिब पराजुलीको गीतमा 'कार्टून क्रिउ' समुहको अन्तिम डान्स भिडियो

काठमाडौँ । चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नयाँ गीत 'नाइँ नाइँ हुन्न हुन्न' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा


z