इन्द्रजात्रा मनाउन यसपटक ४८ विदेश जनप्रतिनिधि आउने

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफलमा उनले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि आउने पनि भएकाले भव्य बनाउनुपर्ने बताए । 

“विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो”, उनले भने, “यस पटक हामीले इन्द्रजात्रालाई अन्तरराष्ट्रियस्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तरराष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउने कुरा सकारात्मक हो ।”

प्रमुख शाक्यले अन्तरराष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्यरुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्ने धारणा राखे । 

सोही अवसरमा उनले इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहलसमेत भइरहेको जानकारी गराए । “अक्षय कोष बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिएकी छन् । हाल रु पाँच करोडसम्मको कोष बनाउने तयारी भइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिकरुपमै अघि बढ्छौँ”, उनले भने ।  

यस वर्ष इन्द्रजात्रा पर्व यही भदौ २७ गते परेको छ । इन्द्रजात्राका अवसरमा उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।  
 

सम्बन्धित समाचार

इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना स्वदेश फिर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली आज स्वदेश फिर्ता भएको छ । भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

काठमाडौं । नेवारी समुदायको ठूलो जात्रा  इन्द्रजात्रा अझै सकिएको छैन ।  रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि  नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ  ।  जात्रा भरका

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री ओली अनुपस्थित !

काठमाडौं । शुक्रबार भएको इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री ओली

इन्द्रजात्राको अवसरमा रथा यात्रा (फोटो फिचर)

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको छ


z