• २०८१ बैशाख ८ शनिबार

इन्द्रजात्रा मनाउन यसपटक ४८ विदेश जनप्रतिनिधि आउने

kharibot

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफलमा उनले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि आउने पनि भएकाले भव्य बनाउनुपर्ने बताए । 

“विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो”, उनले भने, “यस पटक हामीले इन्द्रजात्रालाई अन्तरराष्ट्रियस्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तरराष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउने कुरा सकारात्मक हो ।”

प्रमुख शाक्यले अन्तरराष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्यरुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्ने धारणा राखे । 

सोही अवसरमा उनले इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहलसमेत भइरहेको जानकारी गराए । “अक्षय कोष बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिएकी छन् । हाल रु पाँच करोडसम्मको कोष बनाउने तयारी भइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिकरुपमै अघि बढ्छौँ”, उनले भने ।  

यस वर्ष इन्द्रजात्रा पर्व यही भदौ २७ गते परेको छ । इन्द्रजात्राका अवसरमा उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै