सामूहिक बलात्कार अभियोगमा नौ पक्राउ

खरीबोट

परासी । एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो । 

सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । 

प्रहरी निरीक्षक श्रीमलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ का मनमोहन राजभर, वर्ष २२ का शिवराज राजभर, वर्ष ३७ का भीमलाल मुसहर, वर्ष २२ का सन्दिप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० का नेत्र चौधरी, वर्ष १९ का पिल्टु चौधरी र वर्ष १९ का अमरनाथ भेडिहार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए । 
 

सम्बन्धित समाचार

भारतको उन्नावमा जिउदै जलाइएकी बलात्कार पिडित महिलाको मृत्यु 

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश उन्नावमा बलात्कार पिडित एक महिलालाई अपराधीले जिउदै जलाएर घाइते भएकी पिडित महिलाको उपचारको क्रममा निधन बह्येको छ । भारतीय मिडियाका अनुसार दिल्लीको सफ्तरजंग अस्पतालमा गएराती

भारतमा डाक्टरको बलात्कारपछि हत्या गर्ने चार अभियुक्त इन्काउन्टरमा मारिए

नयाँ दिल्ली । भारतको हैदरावादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगो लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरी हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु

भारतमा बलात्कार पिडितलाई जिउदै जलाइयो

नयाँ दिल्ली । भारतमा हैदरावादमा एक डाक्टरको बलात्कारपछि हत्या गरेको प्रकरण बहसमा रहेका बेला फेरी उत्तर प्रदेश उन्नावमा रेप पिडित एक महिलालाई अपराधीले जिउदै जलाइ दिएका छन् । उनी लखनऊको

अधुरै रह्यो सुष्माको इच्छा!

काठमाडौँ । “मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो”, केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको शैयाँबाट सुष्मा केसीले भनकी थिइन्। तर पीडक


z