काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल युएईसँग खेल्दै छ ।
आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै छ ।
प्रतियोगिताबाट बाहिरिएका दुवै देशका लागि यो खेलमा सान्त्वना जित हासिल गर्ने अवसर हुने छ ।
नेपाल र युएई दुवै यस अघिका आफ्ना खेलमा घरेलु टिम श्रीलंका र बंगलादेशसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका थिए ।
आज नेपालले हरिबहादुर चौहानको ठाउमा सुर्य तामाङलाई खेलाएको छ ।
नेपालको प्लेइङ एघार : रोहितकुमार पौडेल (कप्तान), रीत गौतम, पवन सराफ, महमद आसिफ शेख, भीम सार्की, सुर्य तामाङ, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल र सन्दीप जोरा ।
प्रतियोगित मा समुह ए बात भारत र अफगानिस्तान तथा समुह बि बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।