• २०८१ बैशाख ८ शनिबार

युरोकप छनौटमा जर्मनी र नेदरल्याण्डसको जितपछि रोचक बन्यो समुह सि

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत गएराती नेदरल्याण्डस र जर्मनीले आ-आफ्ना खेल जितेपछि समुह सी को अंक गणित रोचक बनेको छ ।

जर्मनीले दोस्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डलाई २-० ले पराजित गर्यो । यस अघि ४ खेलमा लगातार जित हासिल गरेर उत्कृष्ट लयमा रहेको उत्तरी आयरल्याण्डलाई पराजित गरेपछि अब नेदरल्याण्डस, जर्मनी र उत्तरी आयरल्याण्डबीच समुहमा पहिलो र दोस्रो हुने भिडन्त हुने भएको छ ।

जर्मनीको जितमा मार्सल हाल्स्टेनबर्ग र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा नेदरल्याण्डसले इस्टोनियालाई ४-० ले पराजित गर्दै समुहमाटप दुई भित्र पर्ने आफ्नो प्रयास जारि राखेको छ । नेदरल्याण्डसको जितमा रयान बबेलले २ गोल गरे भने मेम्फिस डिपे र गिओर्जिनो विजनालडमले एक एक गोल गरे ।

अब समुह सी मा ५ खेल खेलेका जर्मनी र उत्तरी आयरल्याण्डको १२-१२ अंक भएको छ भने ४ खेल खेलेको नेदरल्याण्डसको ९ अंक भएको छ ।

त्यस्तै बेलारुसको केवल ३ अंक छ भने इस्टोनियाले अहिलेसम्मका सबै ५ खेलमा हार बेहोरेको छ ।

अब यस समुहबाट अर्को खेल बेलारुसले इस्टोनियासँग अक्टोबर १० मा खेल्ने छ भने अक्टोबर ११ मा नेदरल्याण्डसले उत्तरी आयरल्याण्डसँग खेल्ने छ । त्यस्तै जर्मनीले अर्को खेल अक्टोबर १४ मा इस्टोनियासँग खेल्ने छ ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै