• २०८१ बैशाख ८ शनिबार

मोगुलमा गुलशनकुमारको भूमिका आमिर खानले नै गर्ने 

kharibot

मुम्बई । बलिवुडमा टि-सिरिजका स्वर्गीय मालिक गुलशनकुमारको जीवनीमा बन्ने फिल्म ‘मोगुल’ मा अन्तत: आमिर खान फर्किएका छन् । गत बर्ष यस फिल्ममा काम नगर्ने घोषणा गरेका आमिरले अहिले आएर फिल्ममा कम गर्ने बताएका हुन् ।

त्यति बेला फिल्मका निर्देशक सुभास कपुरमाथि मीटूको आरोप लागेकाले आफुले फिल्म नगर्ने घोषणा गरेको बताउदै अहिले सुभास निर्दोष रहेको प्रमाणित भएपछि फिल्म गर्न लागेको एक अन्तर्वार्ताका क्रममा बताएका हुन् ।

आमिरले अस्विकार गरेपछि गत बर्ष यस फिल्ममा अक्षयकुमारले अभिनय गर्ने बताइएको थियो । तर निर्माता टि-सिरिजका मालिक भुषणकुमारसँग कुरा नमिले पछि अक्षयपनि यस फिल्मबाट बाहिरिएका थिए । 

फिल्मका विषयमा फिल्मको कथावस्तु र अक्षयलाई दिने पारिश्रमिकको विषयमा त्यतिबेला कुरा नमिलेको भारतीय मिडियाहरुले चर्चा गरेका थिए ।

अभिनेता आमिर खान अहिले लाल सिंह चड्डामा व्यस्त छन् । आमिरले मुगुल शुरु गर्न अझै केहि समय बाँकी रहेको बताएका छन् । फिल्मका अन्य कलाकारको बारेमा भने अझै निर्णय भैसकेको छैन । फिल्ममा आमिर खानले गुलशनकुमारको भूमिकामा अभिनय गर्ने छन् ।

फिल्मलाई टी-सिरिज र आमिर खान दुवै मिलेर निर्माण गर्ने छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै