काठमाडौँ । श्रीलंकामा जारी अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल युएईसँग खेल्दै छ ।
आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
नेपालले यो समाचार तयार गरुन्जेल २७ ओभरमा ३ विकेट गुमाउदै १३६ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । रोहितले ६० बल खेल्दै ७ चौका प्रहार गरेर आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
त्यस्तै अहिले सन्दीप जोरा ३४ रन बनाएर खेलिरहेका छन् ।
यस अघि दुवै ओपनरलाई शुन्यमा गुमाएको नेपालका लागि आसिफ सेख ४५ रन बनाएर आउट भएका थिए ।
प्रतियोगिताबाट बाहिरिएका दुवै देशका लागि यो खेलमा सान्त्वना जित हासिल गर्ने अवसर हुने छ ।
नेपाल र युएई दुवै यस अघिका आफ्ना खेलमा घरेलु टिम श्रीलंका र बंगलादेशसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका थिए ।
आज नेपालले हरिबहादुर चौहानको ठाउमा सुर्य तामाङलाई खेलाएको छ ।
प्रतियोगितामा समुह ए बाट भारत र अफगानिस्तान तथा समुह बि बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।