• २०८१ बैशाख ६ बिहीबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतले खरीबोटसँग कुरा गर्दै घटेको मुल्य आजै मंगलबार अपराहन्न १२ बजे देखि लागु हुने बताएका छन् ।

अब मूल्य समायोजनपछि पेट्रोलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ, डिजेल र मट्टीतेलको ९५ रुपैयाँ हुने निगमले जनाएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै