नेपाली महिला फुटबल टिम नदेज्दा कपको फाइनलमा

खरीबोट

काठमाडौं । नेपाली महिला फुटल टिम ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कपको फाइनलमा प्रवेश गरेको छ ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा आज भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६औं मिनेटमा हेडमाफत गोल गरेकी थिइन् । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा खेलको एक मात्र गोल गर्दै जित हासिल अग्रेको हो । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० गोल अन्तरले हार बेहोरेको थियो ।

नेपालले अब फाइनल खेलमा आगामी विहिबार उज्वेकिस्तानको सामना गर्ने छ ।

सम्बन्धित समाचार

महिला राष्ट्रिय फुटबल टिम उज्बेकिस्तानसँग फाइनलमा पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । आज भएको फाइनल खेलमा नेपाल उज्बेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित भएको छ । पहिलो

नेपाली महिला फुटबल टिम नदेज्दा कपको फाइनलमा

काठमाडौं । नेपाली महिला फुटल टिम ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कपको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा आज भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो । यो जितसँगै

नादेज्दा कप महिला फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।  किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

नेपालको किर्गिस्तानमाथि फराकिलो जित, सावित्रा भण्डारीको चार गोल

काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आज भएको खेलमा किर्गिस्तानलाई नेपालले ८-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।


z