• २०८१ बैशाख ८ शनिबार

नेपाली महिला फुटबल टिम नदेज्दा कपको फाइनलमा

kharibot

काठमाडौं । नेपाली महिला फुटल टिम ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कपको फाइनलमा प्रवेश गरेको छ ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा आज भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६औं मिनेटमा हेडमाफत गोल गरेकी थिइन् । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा खेलको एक मात्र गोल गर्दै जित हासिल अग्रेको हो । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० गोल अन्तरले हार बेहोरेको थियो ।

नेपालले अब फाइनल खेलमा आगामी विहिबार उज्वेकिस्तानको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै